साग तीन पटक सर्‍यो , अब सर्नु हुँदैन – नवनियुक्त सदस्य सचिव सिलवाल

 असार २३ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् ।

तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेका थिए । उनले सोमबार नै सपथ ग्रहण गरेका छन् ।

लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिलवालले भने, ‘साग तीन पटक सर्‍यो । अब सर्नु हुँदैन ।’ सागका लागि चार महिना बाँकी रहेको र त्यसमध्ये दुई महिना वर्षायाम रहेको भन्दै उनले क्यालेन्डर बनाएर काम नगेर सम्भव नभएको बताए ।

तर यो चुनौती स्वीकार गरेर आफू राखेपमा आएको भन्दै उनले बोलेर भन्दा एक्सनबाट विश्वास दिलाउने बताए । आफू जागिर खान नभई खेलकुद क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर आएको भन्दै उनले भने, जीवनको दुई तिहाई सम्मानजनक ढंगले शीर ठाडो राख्ने गरी काम गरेको छु । एक तिहाईमा अझै सम्मानित ढंगले जीउन चाहन्छु ।’

Releated

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने २१ साउन, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदाका प्रावधानमा कडाई गदै बिदा बस्नु पर्ने बिभिन्न प्रमाणहरु हेर्ने जनाएको छ । अध्ययन विदाको दुरुपयोग गदै बिदामा गएका कर्मचारीहरुले जागिर तथा अन्य काम गर्ने गरेको देखिको जनाउदै अध्ययन बिदामा कडाई गर्ने भएको हो । अब चित्त बुझदो कारण […]

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् […]