६२ बर्षे सांसद ज्ञानेन्द्रबहादुर कार्कीको तेस्रो विवाह , को हुन् बधु ?

असार २३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन्। बुढ्यौली लाग्दै गर्दा सहाराको खोजीमा रहेका कार्कीले आइतबार लगनगाँठो कसेका हुन्।

पूर्व अर्थ मन्त्रीसमेत रहेका कार्कीले राजधानीको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला व्याङ्क्वेटमा राणा परिवारकी युवतीसँग बिहे गरेको पारिवारिक स्रोतले जनायो।

६२ वर्षीय कार्कीकी दोस्री पत्नीको एक वर्ष अगाडिमात्रै निधन भएको थियो। राणा परिवारबाटै रहेको आवु राणाको क्यान्सरका कारण निधन भएको हो। त्यसपछि बुढेसकालको लाठी खोज्ने क्रममा उनलाई राणा परिवारबाटै बधु मिलेको हो।

सांसद कार्कीकी तेस्री श्रीमतीका रुपमा भित्रिएकी राणा परिवारकी युवती हुन्, नविना शमशेर। दोस्री श्रीमती आबु पनि राणा परिवारबाटै भएकाले उनको अवस्थालाई ससुरालीले विशेष सम्बोधन गरेका हुन्।

जयशमशेर राणा र मिलन राणाकी छोरी नवीना निजी व्यवसायमा संलग्न छिन्। ३६ वर्षीया उनको यो पहिलो विवाह भएको पारिवारिक स्रोतले जनाएको छ। नविनाका बुबा र आमाको यसअघि नै मृत्यु भइसकेकाले उनलाई दाजु भाउजुले कन्यादान दिएका हुन्।

 

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]