काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न

 असार २३, काभ्रे । काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् ।

सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । अहिले पाठकलाई हिरासतमा लगेर अनुसन्धान गर्न लागिएको सापकोटाले बताए ।

पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् ।

Releated

मालपोत कार्यालयका सहयोगी सहित अन्य एक घुस सहित पक्राउ

५ भदौ, काठमाडौं मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई नियन्त्रणमा लिईएको छ । भण्डारी र केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरेको अभियोग छ । घुस माग्ने गरेको भनि […]

शिक्षाका सबइन्जिनियर भगत र चौधरीले घुस लिएको आरोप

३१ साउन, काठमाडौं शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरी घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भगत र चौधरीलाई महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]