नेपालको महाभारत र चुरे पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने प्रस्तावित राजदूतको योजना

असार २३, काठमाडौं । बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले नेपालको महाभारत र चुरे पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने योजना सुनाएका छन् । सोमबार संसदीय सुनुवाई समितिमा बैठकमा उनले भने ,

‘एक प्रयास तीन लाभ भन्ने मेरो योजना रहेको छ । चुरेको बसोबासलाई हटाएर चुरे संरक्षण गरेर तराई मधेस जोगाउने र बंगलादेशलाई पनि डुब्नबाट जोगाउन सकिन्छ । त्यसको लागि के गर्न सकिन्छ भने, महाभारत श्रृङ्खला, भुगर्भविदहरुको नजरमा त्यसलाई काट्न हुन्छ । काटेर चुरेमा रहेका बस्तीलाई सार्ने र त्यो ढुङ्गा बंगलादेशलाई निर्यात गर्ने । एक खर्बको अर्डर अहिले नै दिन सक्छु भन्ने प्रस्तावका रुपमा छ । त्यसकारण हामीले ढुङ्गा मात्रै निकासी गर्न सक्यौं भने, धेरै ठूलो उपलब्धी गर्न सकिन्छ र त्यसबाट तीन वटा लाभ हुने सम्भावना रहन्छ ।

तर, सांसदहरुले प्रस्तावित राजदुत मिश्रका महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशमा निकासी गर्ने योजनाको आलोचना गरे ।

सत्तारुढ नेकपाका सांसद सुरेन्द्र पाण्डेले राजदुतको यो योजना अपरिपक्व भएको र यसबारे सरकार नबोलेको भन्दै यस्ता विषयलाई आफ्ना योजनामा नराख्न सुझाव दिए । ‘यो योजना अपरिपक्व भयो । यो गर्ने कुरा होइन’ पाण्डेले भने ।

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले चुरेका पहाड खाली गराएर ढुङ्गा निकासी गर्ने योजना सरकारको हो ? भन्दै प्रश्न गरेका थिए । ‘सरकार बोलेको छैन र यस्तो कुरालाई दस्तावेजमा ल्याउनु हुँदैन । राजनीतिक रुपमा नउठेको कुरा राजदूतले गरिहाल्न हुँदैन’ उनले भने ।

सांसदहरुले आलोचना गरेपछि भने प्रस्तावित राजदूत मिश्रले बंगलादेशमा ढुङ्गा निकासी गर्ने योजना फिर्ता लिएको बताए । ‘चुरे महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सरकारको छैन, मैले विज्ञहरुको रायका आधारमा राखेको हुँ । तर, यहाँ कुरा सुन्दा अहिले यो अपरिपक्व रहेछ भन्ने बुझेँ र यो नउठाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ मिश्रले भने ।

उनले नेपाल र बंगलादेशको द्विपक्षीय भेट, विद्युत व्यापारको विषय र पर्यटनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे । मेडिकल शिक्षालाई व्यवस्थित गर्न आफूले पहल गर्ने उनको भनाइ रहेको छ । ‘उच्च शिक्षामा केही समस्याहरु छन् । त्यहाँ रहेका नेपालीहरुले भोगिरहेका छन् । अवान्छित खालका जुन ब्यबहारहरु छन्, त्यस्ता कुराहरु निराकरण गर्न प्रयास गर्छु’ उनले भने ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]