‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक

असार २३, काठमाडौं  । फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो ।

१३ भाद्र प्रदर्शन मिति घोषणा गरेको फिल्मको टिजरमा अभिनेता दयाहाङ राई (काजी) रीश्मा गुरुङ ‘मैना’ लगायतको अभिनय देखिएका छन् । टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग दयाहाङसँगको प्रेम र रोमान्स पनि देखाइएको छ ।

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको कथामा आधारित भएर निर्माण भएको फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।

फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]