रोकिएको राजदूतहरुको संसदीय सुनुवाई सोमबार दिउसो ३ बजे हुने

असार २३, काठमाडौं  । प्रस्तावित चार देशका राजदूतहरुको संसदीय सुनुवाई बीचैमा रोकिएको छ । राजदुतहरुको सुनुवाइका लागि सोमबार बिहान समितिको बैठक बोलाइएको थियो  । सोमबार बिहानको बैठक केहीवेर बसेर स्थगित भएको हो । अर्को बैठक आजै ( सोमबार)  दिउँसो ३ बजे बस्ने छ ।

पहिलो सुनुवाइमा राजदूतमा सिफारिसमध्य डा. बंशिधर मिश्रको आंशिक सुनुवाई भएको छ ।  राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेको समितिले जनाएको छ । तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल नगरिने समिति सभापति लक्ष्मणलाल कर्णले बताए । समितिले नाम अनुमोदन गरेपछि रुाजदुत नियुक्तिको बाटो खुल्नेछ ।

गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]