प्रेम ध्वज प्रधान साँझ तथा सम्मान कार्यक्रम

असार २२, किर्तिपुर । किर्ती इभेन्ट्स प्राइभेट लिमिटेडले विभिन्न सांगितिक तथा मनोरञ्नात्मक कार्यक्रम गर्दै आइरहेको छ। यसपटक पनि कीर्ति इभेन्ट्सले किर्तिपुर नगर भित्र रहेका सांस्कृतिक तथा सांगीतिक महत्वका बिषयलाई उजागर गर्न प्रेम ध्वज प्रधान साँझ तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ  ।

सम्मान कार्यक्रम आउँदो असार २८ गते (जुलाई १३ ) सनिबारको दिन किर्तिपुरस्थित पाँगा पार्टी भेन्युमा हुन गइरहेको छ ।साँझ ४ बजे देखि ७ बजेसम्म हुने उक्त कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको सांगीतिक प्रस्तुती संगै अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजकले बताएको छ ।

बिगतमा किर्ति इभेन्ट्सले चङ्गाचेट ,दिप श्रेष्ठको ५० औं सांगीतिक यात्रा लगायतका कार्यक्रमहरु सफलताका साथ सम्पन्न गरिसकेको छ ।

विभिन्न कला, साहित्य र अन्य विधामा नाम कमाएका चर्चित कलाकार, साहित्यकार, लेखक ,खेलाडी, व्यापारी तथा अन्य विशिष्ट व्यक्तित्वहरु लाई सर्वसाधारण माझ सजिलो तरिकाबाट परिचय तथा भेटघाट गराउने उदेश्यले विभिन्न पार्टी, समारोह, कन्सर्ट, इभेन्टहरुको आयोजना गरी ती व्यक्तित्व हरुलाई सेलिब्रेटीको रुपमा सम्मान गर्दै आएको छ ।

 

 

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]