उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

असार २०, उदयपुर । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ ।

विद्युत्को भोल्टेजमा आएको समस्याका कारण मोटर सञ्चालन बन्द हुन पुगेकाले त्यसको मर्मत र विद्युत् व्यवस्थापन नभएसम्म उद्योग बन्द रहने उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिनुभयो ।

पटक–पटक विद्युत् भोल्टेजमा देखिएकोे समस्याले उद्योगलाई नै प्रभावित पारेको छ, भोल्टेजको समस्या कारण बिग्रिएको मोटर मर्मतका लागि बुटवलस्थित नेपाल इञ्जिनीयरिङ एण्ड हाइड्रो वर्कशपमा पठाइएको उहाँले बताउनुभयो । दैनिक ८१० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगले डेढ वर्षअघि पनि विद्युत्भार कटौतीका कारण ठूलो घाटामा गएको थियो ।रासस

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]