यु १९ एसिया कप छनोट – नेपालद्वारा सिङ्गापुर २ सय १७ रनले पराजित

असार २०, काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो ।

नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।

समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]