बाबुरामको प्रश्न , दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?

असार २०, काठमाडौँ । पार्टी मुख्यालय धुम्बाराहीमा नेकपाले  समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गरायो ।  सोहि पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरे ।

उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरे ।

‘बाबुरामजीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन । कम्युनिष्ट आन्दोलनसँग जोडिएर मात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो’ उनले भने ।

तर बाबुरामले भने प्रचण्डको उक्त भनाइको जवाफ ट्विटरमार्फत फर्काएका छन् । उनले लेखेका छन् ‘कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?

स्मरण रहोस नेकपाले बिहीबारमात्रै आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई पार्टी प्रवेश गराएको थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]