३ वर्षअघि हराएका एकजना व्यक्ति टिकटकमा भेटिए

असार २०, रौतहट । टिकटक एक दम्पत्तिका लागि दुनियाकै कामलाग्ने माध्यम बनेको छ । ३ वर्षअघि हराएका एकजना व्यक्तिलाई टिकटकले नै उनकी पत्नी तथा परिवारसँग मिलन गराइदिएको छ ।

घटना भारतको हो । तमिलनाडुका एकजना व्यक्ति तिन वर्ष पहिले अचानक बेपत्ता भएका थिए । तर टिकटकले अहिले उनलाई उनकी पत्नी तथा बालबच्चासँग मिलन गराइदिएको छ ।

समाचार अनुसार सुरेश नामका ती व्यक्ति सन् २०१६ मा पत्नी जया तथा दुई सन्तानलाई छाडेर एकाएक बेपत्ता भए । उनलाई खोज्नका लागि परिवारले हरसम्भव प्रयास गर्यो, तर उनी फेला परेनन् । पत्नीले उनी हराएको उजुरी पुलिसमा दर्ता पनि गरिन् तर पुलिसले पनि भेट्टाउन सकेन ।

हालै एकजना छिमेकीले जयालाई टिकटकमा एउटा भिडियो देखाए । उक्त भिडियोमा देखिएका व्यक्ति जयाका लोग्ने सुरेश जस्तै देखिन्थे । जब जयाले त्यो भिडियो देखिन् तब त्यो व्यक्ति आफ्नो लोग्ने नै भएको ठहर गरिन् । त्यसपछि उनले त्यसको सूचना पुलिसलाई दिइन् । पुलिसले उक्त भिडियोकै आधारमा सुरेशको खोजी तिव्र बनायो र अन्ततः उनलाई फेला पार्न सफल भयो ।

घरबाट बेपत्ता भएका सुरेश एउटा ट्रयाक्टर कम्पनीमा काम गरिरहेका रहेछन् । टिकटकको भिडियोमा उनी एकजना समलिंगी महिलासँग देखिएका थिए । तिनै महिलासँग उनको सम्बन्ध रहेको आशंका गरिएको थियो । तथापि पुलिसले उनलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी उनको घर पूराएर पत्नीको जिम्मा लगाइदियो । एजेन्सी

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]