अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

असार २०, काठमाडौं । अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ । भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए ।

अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको केन्द्रबिन्दु घना बस्तीमा नहुनु नै भाग्यको कुरा भएको उनले बताए ।

रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।

शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]