‘वीब्वाई सिटी नेपाल’ आयोजना हुने

असार १९, काठमाडौं । नेपालमा ‘वीब्वाइ सिटी नेपाल’ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल हिपअप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा वीव्याइ सिटी नेपाल हुने जानकारी दिइएको थियो । शनिबार काठमाण्डौको लैनचौरमा यो कार्यक्रम आयोजना हुनेछ ।

कार्यक्रममा ‘वीव्याइ सिटी नेपाल’का संयोजक दीपेश थापाले यो कार्यक्रम विगत दुई वर्षदेखि संचालनमा आइरहेको जानकारी दिए । प्रतिस्पर्धामा देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धी आउने बताइएको छ । कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधिसमेत कार्यक्रमको उद्घाटन सत्रमा आउने जानकारी दिइयो ।

वीव्याइ सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछन् । यो प्रतिस्पर्धामा चीनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान, थाइल्याण्डबाट डिजे जेक्स निर्णायकका रूपमा रहनेछन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]