काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको कार्य सुरु

असार १९, काठमाडौं । काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रममा बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे । उनले सो पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराए । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले सो पोखरीको पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सक्रियता बढाउन स्थानीयलाई आग्रह गरे ।

कमलपोखरी पुनर्निर्माणको ठेक्का धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । ठेक्का सम्झौताअनुसार आगामी वर्षको असार १५ गतेसम्म निर्माण सम्पन्न गर्नु पर्नेछ ।

महानगरले कमलपोखरी पुनर्निर्माणका लागि भ्याटसहित ९ करोड ४६ लाख ९९ हजार ५०२ रुपैयाँ लागत अनुमान गरेको थियो । तर ठेकेदार कम्पनीले करिब ३ करोड कममै निर्माण सम्पन्न गर्ने कबुल गरेको छ । ठेकेदार कम्पनीले ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँ ६३ पैसा (भ्याटसहित) मै निर्माण सम्पन्न गर्ने कबुल गरेको हो ।

एक वर्षमा निर्माण सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीले असार ६ नै कार्यदेश पाइसकेको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]