सुपादेउरालीमा जिप दुर्घटना – ३ को मृत्यु , ६ घाइते

असार १९, अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।

कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएकाे छ।

बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सड्कको उकालोमा लु १ ज १३२९ नम्बरको जीप दुर्घटनामा परेकाे हाे । अर्घाखाँचीकाे ठाडामा रहेकाे इलाका प्रहरी कार्यालय जीप सड्कबाट ६०० मिटर तल खसेको जानकारी दिएको छ।

मृत्यु भएकाको भने पहिचान खुलेको छैन। उकालो बाटोमा गाडिको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले बताएको छ । जीपमा १० जना सवार थिए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]