नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव गुरूङलाई पाटीै प्रवेश गराएको हो – मुख्यमन्त्री

 असार १९, पोखरा । दीपक मनाङ्गे भनेर चिनिने गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । मनाङ्गे, मनाङको प्रदेशसभा ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

वाम गठबन्धनको भागवडामा यो निर्वाचन क्षेत्र तत्कालीन एमालेको भागमा परेको थियो । तर अन्तिममा आएर एमालेले उम्मेदवारी फिर्ता लिँदै मनाङ्गेलाई नै समर्थन गरेको थियो ।

साथै नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव गुरूङलाई पाटीै प्रवेश गराएको उनले बताए । सुध्रन्छु र देशको समृद्धि र विकासमा लाग्छु भन्नेहरुका लागि नेकपा खुला रहेको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘जो कोही पनि सुध्रन चाहन्छु, देश बनाउन चाहन्छु भन्नेहरू नेकपामा आउन सक्छन् ।’

मनाङ्गेको पार्टी प्रवेशले गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । यसले नेकपालाई अझ सहज हुने उनको भनाइ थियो ।

चुनाव जितपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएनन् । उनी ८ महिना जेल बसे । पछि मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै उनी जेलबाट छुटे । जेलबाट छुटेको एक महिनापछि सपथ खाएका उनी त्यसबेला नै नेकपा प्रवेश गर्ने अनुमान थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]