लिबिया आक्रमणमा परी एक नेपालीको मृत्यु

असार १९, काठमाडौँ । लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको मृत्यु भएको छ । मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर  मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियामा पुगेको बताइएको छ ।  आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ ।  यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।

४० जनाभन्दा बढी आप्रवासीको ज्यान जाने गरी गरिएको हमला युद्ध अपराध हुनसक्ने राष्ट्रसंघका एक अधिकारीले बताएका छन् ।

घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । ६ सयजना आप्रवासी बस्दै आएको तजौरा थुनुवा केन्द्र आक्रमणमा परेको हो ।थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारको फौजले आरोप लगाएका छन् ।

 

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]