गएराती महोत्तरीमा १५ लाख लुटियो

असार १९, जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिकास्थित प्रेमनगरमा गएराती डकैती हुँदा एक जना डाका पक्राउ परेका छन् । बुधबार राती करिब एक दर्जनको समूहमा रहेका डाकाले बर्दिवास वडा नम्बर ६ र ७ बाट सुनचादी र नगद रुपैयाँसहित करिब १५ लाख बराबरको धनमाल डकैती गरी जाने क्रममा एक जना डाका पक्राउ परेका हुन् ।

बर्दिबास नगरपालिकाको ७ बस्ने रामसुनर महतो र वडा नम्बर ६ बस्ने चन्देश्वर महतोको घरमा डकैती भएको थियो । सर्लाहीको चन्द्रपुर नगरपालिका घर भएका ४० वर्षीय देवनरायण कापड पक्राउ परेको र स्थानीयको कुटाइबाट उनी गम्भीर घाइते भएको डीएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

डाका कापडको साथबाट एक थान पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले बरामद गरेको पेस्तोलसहित डाकालाई प्रहरीको जिम्मा लगाइएको छ ।

घाइते डाकाको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको बताइएको छ । डाकाहरु भाग्ने क्रममा नजिकै रहेको बडहडी खोलामा गाउँलेहरुसँग दोहरो भिडन्त समेत भएको थियो ।

त्यस्तै डाकाहरुले कुटपिट गरी धरधनीलाई समेत घाईते बनाएका छन् । पीडित परिवारका ५ जना घाइते भएका छन् । डाकाहरुको प्रतिकार गर्ने क्रममा घाईते भएकामध्ये घरमुली चन्देश्वर महतो र उनकी श्रीमती जेयवती देवी र छोरा वर्ष २७ का उमेश महतोको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अन्य २ घाइतेहरुको बर्दिबासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]