प्रचण्डको सुझाबपछी आइफा अवार्डबाट पछी हटे ओली

 असार १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता छलफल फेरि इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डका कारण ओझेलमा परेको छ।

बैठकमा ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी खर्चमा आइफा गर्न नहुने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका थिए। प्रचण्डको सो सुझाबपछि सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको स्रोतले बतायो।

सरकारले आइफा अवार्ड आयोजना गर्न काठमाडौं महानगर र पर्यटन बोर्डलाई सहआयोजकको रुपमा स्वीकृति दिने निर्णय गरेको थियो। आयोजकको प्रस्तावपत्र नै सार्वजनिक भए पछि सरकारमाथि दबाब बढ्दै गएको थियो।

ने क पाका वरिष्ठ नेता माधव नेपालले पनि सरकारको विरोध गरेका थिए। त्यस्तै स्थायी कमिटी सदस्य भीम रावलले पनि सार्वजनिक रुपमै यसको विरोध गर्दै आएका छन्।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारले कुनै रकम नदिने भन्दै घाटाको व्यापार नगर्ने बताए पनि सरकारले ४४ करोड रुपैयाँ दिने प्रस्ताव सार्वजनिक भएको थियो। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ।

अर्का अध्यक्ष प्रचण्डले नै निर्णय फिर्ता लिन भनेपछि प्रधानमन्त्री ओली निर्णयबाट ब्याक हुने निष्कर्षमा पुगेका हुन्।

आज दुई अध्यक्षबीच पार्टीको राजनीतिक प्रतिवेदन, पोलिटव्यूरोको गठन, विभागहरुको गठन तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाडको विषयमा सहमति जुटाउने बताइएको थियो। तर, छलफलले ठोस सहमति जुटाउन नसकेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]