एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभो – मन्त्री लालबाबु पण्डित

असार १८, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै धाउने गरेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।

विगतको अनुभव भन्दै पण्डितले समिति बैठकमा भने ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो ।’

नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताए । ‘सबैले सोर्स फोर्स लगाउयने सत्तापक्षले पनि लगाउने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ’ उनले भने ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]