चलचित्र ‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यन फाइनल

असार १८ काठमाडौँ ।  चलचित्र ‘भुल भुलैया’को सिक्वेलका लागि मुख्य नायक पक्का भएका छन् । यो चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएका हुन् ।

पछिल्लो समय निकै रुचाइएका र व्यस्त कार्तिकले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्तिकले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ जस्ता सफल चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । हालै उनले नयाँ चलचित्र ‘लभ आजकल २’को छायांकन पनि सकाएका छन् ।

अहिले ‘भुल भुलैया’ टिम स्क्रिप्टमा काम गरिरहेको छ । स्क्रिप्टलाई जतिसक्दो बलियो बनाउनको लागि मिहिनेत गरिरहेको निर्माता भुषण कुमारले भारतीय मिडियासँग बताएकबा छन् । कार्तिकसँगै चलचित्रको अन्य कलाकारहरु पनि पक्का भइसकेका छन् । तर, निर्माण युनिटले कलाकारहरुलाई सार्वजनिक भने गरेको छैन । बुझिएअनुसार यो चलचित्रको छायांकन यो वर्षको अन्त्यबाट सुरु हुनेछ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]