एसीसी यु–१९ – नेपालको प्रभावशाली सुरुवात , चीन १० विकेटले पराजीत

असार १८, काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले प्रभावशाली सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ ।

५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ ब्लमा ६ चौका र ३ छक्काको मदतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल सामु चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनरद्वय खेलाडीले समान १३-१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्याे । कमल सिंह ऐरीले एक विकेट झारे ।

जितसंगै नेपाल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । समुह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो । योसंगै दुवै खेलमा पराजित हुदै चीन प्रतियोगिताबाट बाहिरिएको छ ।
समुह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन् । सोही खेलले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]