कपिलवस्तुमा बस ठोक्किँदा ४० जना घाइते

 असार १८, काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा दुईवटा बस एकापसमा ठोक्किदा ४० जना यात्रु घाइते भएका छन् ।

बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार मध्ये ४० जना घाईते भएकोमा २० जना सामान्य घाईते भएको जानकारी दिएको छ ।

सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]