विराटनगरबाट अवैध चाँदी सहित एक जना पक्राउ

 असार १७, विराटनगर । नेपाल प्रहरीले विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय मूलका २३ वर्षीय गौरव साह रहेका छन् । साहलाई गए साँझ भारतीय नम्बर प्लेट बी.आर.११.एके.१७९१ नम्बरको कारबाट चाँदीसहित पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा कारमा चाँदी रहेको जानकारी सहित एकजनालाई पक्राउ गरिएको मोरङ जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेका व्यक्ति र चाँदीको विषयमा अनुसन्धान जारी रहेको र उक्त चाँदी कसको भन्ने कुरा नखुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएको चाँदी नेपालतर्फ आएको वा भारततर्फ गएको भन्ने विषयमा समेत बुझ्ने काम भइरहेको डिएसपी श्रेष्ठ बताएका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]