आइफा अवार्ड -अर्बौं खर्चेर खर्बौको ब्राण्डिङ

 असार १७, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने बताएका छन् । संसदको विकास समितिको बैठकमा मन्त्री बास्कोटाले अहिलेसम्म अवार्ड गर्न सैद्धान्तिक सहमति मात्र दिइएको बताए ।

सरकारले ४४ करोड दिन लागेको चर्चा रहेको भन्दै उनले भने, ‘एउटा टेन्ट नै उनीहरुले ५६ करोडको राख्दैछन् । यदि ४४ करोड नै दिइहाल्यो भने पनि पुग्दैन ।’ विश्व चलचित्रको दोस्रो ठूलो बजार बलिउडका मानिसहरु आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नु स्वभाविक भएको उनले बताए ।

उनले भने, ‘त्यसैले यो एउटा इभेन्ट हो, जुन नेपालमा भरहेको छ भनेर विश्वभरका ५०÷६० करोड मान्छेले हेरे भने हामीप्रतिको जिज्ञाशा बढ्न सक्छ ।’

मन्त्री बास्कोटाले आईफाको विज्ञापन लगायतको विषय अझै टुंगिन बाँकी रहेको बताए ।  उनले भने विज्ञापन कति आउँछ भन्ने टोटल सम्झौता भएको छैन । त्यसमा हाम्रो आर्थिक, सांस्कृतिक हितलाई हेर्छौं ।’

अन्तराष्ट्रिय अवार्डहरु नेपालमा गर्दा अर्बौ खर्च गर्दा पनि नहुने ब्राण्डिङ पाइने उनले बताए । उनले भने, ‘हलिउड नै यहाँ आउछु भन्यो भने के हुन्छ ? अचम्म हुन्छ । ओस्कार अवार्ड नेपालमा गर्ने, खुम्बुबाट गर्ने भन्यो भने दुई/चार अर्ब नै खर्च भएछ पनि भने पैसामा जोख्ने विषय हुँदैन । १० औं खर्बको ब्राण्डिङ गर्छ ।’

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]