कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन् – प्रधानमन्त्री

असार १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुनेगरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्। पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे। ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ। देशमा काम पाएको छैन। पायो भने सीप र क्षमता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ।’

ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यतान मिल्दा ठूलो ठूलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको सुनाए। ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ। त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेरमात्र शिक्षामा लगानी गर्नु पर्दछ।’

आवश्यकता, रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेरमात्र विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने उनले बताए। ‘विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस,’ ओलीले भने।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]