नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु

 असार १७, काठमाडौं । नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु भएको छ । बानेश्वर चोकभन्दा करिब ५० मिटर तल (माईतीघर-बानेश्वर खण्डतर्फ) आकाशेपुलको निर्माण थालिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

सडक विभाग अन्तरगतको काठमाडौं सडक डिभिजनले करिब ३ करोडको लागतमा यो पुल निर्माण गर्दैछ । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको हुनेछ ।

तत्कालै संसद भवन पनि नसर्ने र चोकमा पैदलयात्रुको संख्या पनि थपिँदै जाने अवस्था बनेपछि वारपार गर्न सकिने साधारण पुल बनाउन लागेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको निर्माण सक्न लामो समय नलाग्ने प्रवक्ता सापकोटाले जानकारी दिए । यो पुललाई भविष्यमा झिक्नुपर्ने अवस्था आए अर्को स्थानमा लगेर तुरुन्तै जडान गर्न सकिने छ ।

ट्राफिक व्यवस्थापनको हिसावले काटेश्वरपछि नयाँ बानेश्वर चोकलाई सबैभन्दा अप्ठेरो स्थान मानिन्छ । विहान र साँझको समयमा बाटो पार गर्न पर्खिनेहरुको संख्या ठूलो हुन्छ भने सवारीको चाप पनि त्यतिकै हुन्छ । ट्राफिक प्रहरीले पटक-पटक सरकारसँग आकाशे पुल बनाउन आग्रह गर्दै आएको थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]