सन्दीप लामिछानेको “मेमोरी” मा सहकर्मीहरु

असार १७, काठमाडौँ । नेपाली राष्ट्रिय टिमा युवा लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो पछिल्लो गीत मेमोरी सार्वजनिक गरेका छन्। उनले गीतसँगै आफ्नै युट्यसब च्यानलबाट त्यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन्।

भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी लगायतले अभियन गरेका छन्। यस्तै राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीलाई पनि भिडियोमा देख्न सकिन्छ।

आफ्नो पुरानो स्कुले दिनहरुलाई समेटर सन्दीपले मेमोरी गीत तयार पारेका छन्। मायालु एल्बममा समावेश गीतमा उल्लास मक्रान्तीको शब्द रहेको छ भने सन्दीप र राजन मगरले संगित दिएका छन्। यस्तै छायांकन र निर्देशन ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका छन्।

नेपालको राष्ट्रिय टिमबाहेक विश्वका चर्चित टी २० लिग खेलेर चर्चा कमाउन सफल सन्दीप गीत-संगितमा पनि उत्तिकै राम्रा छन्। उनले यसअघि उदास,तिमी नै छौ, यो झरिमा जस्ता गीत सार्वजनिक गरिसकेका छन्।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]