३३ किलो सुनको थुनछेकमा बदनियतपूर्ण आदेश गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त

असार १७, काठमाडौँ । न्याय परिषदले ३३ किलो सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ।

प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो।

असार ४ गतेको परिषद बैठकले कारबाही प्रक्रिया अघि बढाउन तीन न्यायाधीशलाई थप स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण हेरेपछि परिषदले प्राप्त प्रमाणका आधारमा सिंहलाई सेवाबाट हटाउने निर्णय गरेको हो।

परिषदले सुन प्रकरणको आदेशमा जोडिएका न्यायाधीशमध्ये तत्कालीन मुख्य न्यायाधीश कलुरत्न भुर्तेल र न्यायाधीशहरु साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराएर छाडेको थियो। काजमा राखेर छानबिन गरिएका अन्य दुई न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको छानबिन प्रक्रिया तामेलीमा राख्ने निर्णय गरेको थियो।

उच्चका आदेश र सुनुवाइ प्रक्रिया विवादित बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्देशनमा न्याय परिषदका तत्कालीन सचिव नृपध्वज निरौला नेतृत्वको टोलीले विराटनगर पुगेर अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदन अनुसार परिषदले उच्चका आठ न्यायाधीशलाई माघदेखि काजमा राखेर अनुसन्धान प्रक्रिया थालेको थियो। पाँच महिनापछि छानबिन प्रक्रिया टुंगिएको हो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]