सिनामंगलमा माइक्रो दुर्घटना – १६ जना घाइते , २ को अवस्था गम्भीर

असार १७, काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी  होविन्द्र बोगटीले जानकारी दिए ।

 घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।  दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]