लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न

असार १६, बुटवल । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत ठाउँ–ठाउँमा रोड सो सम्पन्न भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् ।

तेस्रो चरणको रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई उनीहरुमार्फत स्थानीयलाई निम्ता दिइएको कार्यक्रम संयोजक एवं सिद्धार्थ होटल एशोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए । बिहीबार लुम्बिनीबाट सुरु गरि पश्चिम नेपालको कंचनपुरसम्मका स्थानीय सरकार, प्रदेश सरकार र आम नागरिकलाई निमन्त्रणा गरि फर्किएको  घिमिरेले जनाए ।

लुम्बिनीसहित कपिलवस्तु, नवलपरासी र अन्य स्थानमा रहेका बुद्ध जिवनीमा आधारित क्षेत्रहरूको प्रबद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत रोड–सो कार्यक्रम पश्चिम नेपालमा विभिन्न एक दर्जन ठाउँमा गरिएको हो ।

संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुर्याउने र प्रदेश पाँचलाई मुलुककै पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित लुम्बिनी भ्रमण घोषणा गरि मनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले बताए । प्रदेश सरकारले भ्रमण वर्षभर करिब २० लाख पर्यटक लुम्बिनी ल्याउने लक्ष्य लिएको छ ।

रोड सो अन्तर्गत बर्दियामा पर्यटन व्यवसायीसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले बर्दिया र लुम्बिनीलाई जोडेर पर्यटन विकास गर्दा आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।

 बर्दियाको बाघ हेर्ने आउने पर्यटक र लुम्बिनी आउने पर्यटक एकअर्का ठाउँमा आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सके प्रदेश समृद्धिको आधार तयार हुने पर्यटन विकास मंच बर्दिया अध्यक्ष मोहन चौधरीले  बताए  । ‘प्रदेश पाँचका मुख्य गन्तव्य भनेकै लुम्बिनी र बर्दिया राष्ट्रिय निकुञ्ज हुन्, यी दुबै ठाउँको फरकफरक विशेष छ, त्यसैले हरेक हिसावले यी ठाउँ जोडेर अन्य गन्तव्यको विकास गर्नुपर्छ’, उनले भने ।

यसअघि पहिलो चरणमा पाल्पा, पोखरा हुँदै काठमाडौंसम्म र दोस्रो चरणमा पूर्वी नेपालमा रोड–सो गरिएको थियो । चौंथो चरणअन्तर्गत् साउन–भदौतिर भारतको कुशिनगर, सारनाथ लगायतका क्षेत्रमा रोड–सो कार्यक्रम गर्ने प्रदेश सरकारले जनाएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]