काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति

१६ असार, काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् । ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ । बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गर्नेछन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]