भारतीय अलराउन्डर विजय शंकर विश्वकपबाट बाहिर

असार १६, काठमाडौँ । भारतका अलराउन्डर विजय शंकरले इंग्ल्यान्ड भइरहेको आइसिसी क्रिकेट विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। आइतबार घरेलु टिम इंग्ल्यान्डविरुद्धको खेलअघि भएको वर्मअपको क्रममा उनी घाइते भएका थिए। जसप्रित बुमराहको बल उनको खुट्टाको औलामा लागेको थियो। वर्मअघि घाइते भएपछि उनको स्थानमा रिशव पन्तले खेलेका थिए।

वर्मअपको क्रममा लागेको चोट तत्काल निको नहुने भएपछि उनले विश्वकपका बाँकी खेल गुमाउने बिसिसिआईले जनाएको छ।

उनले जारी विश्वकपमा ३ खेलेका थिए। पाकिस्तानविरुद्ध २ विकेट लिँदै १५ रन बनाएका शंकरले अफगानिस्तानविरुद्ध २९ रन जोडेका थिए। वेस्ट इन्डिजविरुद्धको पछिल्लो खेलमा उनी १४ रनमै आउट भएका थिए।

अब शंकरको स्थानमा मयंक अग्रवालले खेल्ने बताइएको छ। अग्रवालले गत वर्ष अस्ट्रेलियाविरुद्धको खेलेर टेस्टमा डेब्यू गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भने उनले डेब्यू गर्न बाँकी छ।

जारी विश्वकपमा भारतका खेलाडी घाइते भएर टिमबाट बाहिर भएको यो दोस्रो पटक हो। यसअघि ओपनर शिखर धवन घाइते हुँदै स्वदेश फर्किएका थिए। उनको स्थानमा रिशव पन्तलाई राखिएको थियो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]