विवेकशीलले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने

 असार १६, काठमाडाैं । विवेकशील नेपाली दलले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ ।  रोल्पाको लिवाङमा आयोजित नीति सम्मेलनले प्रमुख ६ पदाधिकारीहरु मध्ये ३ पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको हो ।

अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना, महासचिव वा कोषाध्यक्षमध्ये एक र दुई सचिव मध्ये एकजना महिला प्रत्यक्षरुपमा निर्वाचित हुने सुनिश्चिता गरेको प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।

त्यस्तै संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तिमा २१.६२ प्रतिशत गरी ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गर्ने निर्णय विवेकशीलले गरेको छ ।

केन्द्रीय समितिमा बढीमा ९९ जना रहने र पदाधिकारीसहित ७४ जना प्रत्यक्षरुपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । अधिकतम् २४ जना मनोनित हुनेछन् ।   यस्तै, १८ देखि २१ वर्ष उमेर समूहका फरक फरक लिंगका २ जना सदस्यहरु पनि केन्द्रीय समितिमा निर्वाचित हुने व्यवस्था गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]