श्रीमान छाडेर प्रेमीसंग बिवाह गर्न आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईले आफूलाई जन्म दिने आमाको हत्या गरेकी छन्। २७ वर्षीया ईश्वरीले ९ बर्षअघि सोनाम थापा मगरसँग बिहे गरेकी थिइन ।  उनीहरुको एक छोरा पनि छ ।

ईश्वरी गार्मेट कारखानामा काम गर्ने क्रममा सिरहाका मोहमद नौसादसँग नजिकिइन् । उनीहरुको सम्बन्ध यति घनिष्ठ भयो कि गार्मेन्टको काम छोडेपछि पनि नौसाद बाँसबारीस्थित ईश्वरीको घरसम्मै आउन थाले ।

ईश्वरीकी आमा साबित्री थापा सिन्धुपाल्चोकबाट बेलाबेला छोरीज्वाइँ कहाँ आइरहन्थिन् । त्यही क्रममा उनले छोरीको  सम्बन्धबारे थाहा पाइन् । सावित्रीले एकपटक त घरसम्म आएका नौसादलाई कुच्चोले हानेर खेदेकी पनि थिइन् । छोरीको घरबार भाँडिने देखेपछि उनले ज्वाइँ सोनाम थापा मगरलाई सबै कुरा भनिदिने भन्दै सचेत गराइन् ।

विदेश पुगेकानौसादसंग  इश्वरीको सामाजिक सञ्जालमार्फत कुराकानी हुनथाल्यो ।  ‘आमा रहुञ्जेल विवाह हुन नसक्ने निष्कर्ष निकालेर दुई जनाले हत्याको योजना बनाएको देखिन्छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले भने ।

नौसाद १० असारमा सुटुक्क यूएईबाट फर्किए । कन्ट्राक्ट किलर खोज्न १२ गते भारततिर लागे । अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर १४ गते नेपाल आए ।

पछिल्लो पटक सावित्री करिव एक महिना अघि छोरीज्वाइँ कहाँ आएकी थिइन् । त्यही बेला उनको हत्या गर्ने योजना बन्यो । घटना घटाउने दिन ईश्वरी घरमा नबस्ने योजना भएकाले उनी आइतबार विहानै तीन वर्षको छोरा लिएर दिदीकहाँ जान्छु भन्दै हिँडिन् । सोनाम पनि होटलतिर लागे ।

त्यही मौकामा करिब साढे १० बजे तीन जना घरमा पगेको प्रहरी अनुसन्धानले देखाएको छ ।प्रहरीकाअनुसार नैसाद पक्राउ पर्जुअघिसम्म ईश्वरीले आमाको हत्या भएको भन्दै बिलौना मात्र गरेकी थिइनन्, हत्यारा पक्राउ गर्न माग गर्दै आएकी थिइन् । तर नौसाद पक्राउ परेपछि उनले आफ्नो अपराधकर्म स्वीकार गरेका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]