नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन सक्दैन – प्रधानमन्त्री ओली

असार १६, काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन नसकिने बताएका छन्। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ  पनि नदिने प्रष्ट पारे।

 एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ।राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई उनले सचेत गराएका छन्।

‘जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्‍यो’, उनले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन। यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ।’

पर्यटन  मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ओलीले संस्थाले सधैं सरकारको मुख ताकेर नहुने बताए। नाम वायुसेवा भए पनि दान पून्यको काम नभएको भन्दै उनले एयरलाइन्स सञ्चालन भनेको स्वास्थ्य शिविर जस्तो नभएको उनले सम्झाए।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो? ३९ अर्ब ऋण छ। यो दान पून्यको मात्र क्षेत्र होइन। नाम सेवा निगम भए पनि व्यापार हो। नि:शुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, उनले भने,‘आफैंले आम्दानी गर्नुपर्छ।६ जहाज किन्छौं चलाउने मान्छे छैन। वाइड बडी किन्यौं गन्तव्य छैन। नेपाल वायुसेवा निगममात्र घाटामा छ। काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा?’

उनले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्स  व्यवस्थापनलाई उनले सचेत गराएका छन्। जापानको नारिता उडाउनु पर्नेमा त्यहाँ नगइ अन्य सहरमा गएको भन्दै उनले प्रश्न उठाएका छन्।

सरकारले भिजिट नेपाल २०२० मनाउन लागेको अवस्थामा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनुपर्ने उनको भनाइ छ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]