विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा गतिरोध उत्पन्न भएको छ – बाबुराम भट्टराई

 असार १६, गोरखा । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् । आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला आइपुगेका भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको हो ।

‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन, ‘एमाले पछाडि फर्कन खोज्ने शक्ति तर माओवादी अगाडि बढ्न खोज्ने । यी दुवै नारिएर काम हुँदैन ।’ सरकारको काम उत्साहजनक नभएको भट्टराईले सरकारको आलोचना पनि गरे । ‘सरकारको कामलाई लिएर सत्तापक्ष नै सन्तुष्ट छैनन्’ भट्टराईले भने ।

केही समयअघि मात्रै आफू नेतृत्वको नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग एकता गराएका भट्टराईले पुराना शक्तिसँग कुनै हालतमा एकता नहुने बताए । ‘कांग्रेस र तत्कालीन एमाले पुरानै दिशा र प्रणालीमा चलिरहेका पार्टी हुन्, संघीयता, समावेशिता र गणतन्त्र उहाँहरुको एजेण्डा होइन’, भट्टराईले भने, ‘माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलनको बलमा उहाँहरु तानिएर आउनुभएको हो, दुर्भाग्यवश प्रचण्डको नेतृत्वमा माओवादी एमालेमा मिसिन पुग्यो, अहिले संयोगले नेतृत्व उहाहरुको हातमा पुगेको छ, यसले ठूलो समस्या हुने म देख्छु ।’

कांग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा समाजवादी पार्टी बनाएको भन्दै उनले ०५२ पछिका अन्य शक्तिहरुसँग ध्र्रवीकरणको प्रयास हुने प्रष्ट पारे ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]