‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् – सांसद देवकोटा

असार १५, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो। जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौती गरेर एक रुपैयाँ कामय गर्न कांग्रेस सांसद देवकोटाको सरकारसँग माग छ।  उनले चालू खर्चबाट सो बजेट कटौती गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराइन्।

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गरिन्। उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकावासीले कहिले उपयोग गर्न पाउने हो? भनि सरकारलाई प्रश्न पनि गरिन्।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]