पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी बहेको छ – प्रकाशमान सिंह

असार १५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन्। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आइतबार आयोजना गरेको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा नेता प्रकाशमान सिंहले यस्तो बताएका हुन् ।

उनले पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी हुनु नै मुलुकको दुर्दशा सुरू भएको बताए।

‘देश र जनताको हित नै सबभन्दा महत्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिंहहरू जस्ता राजनेताहरूको जीवनीलाई पन्छाएर पदकै लागि जेसुकै गर्ने प्रचलन हाबी भएको छ’, उनले भने, ‘यसले देशको दुर्दशा सुरू भएको छ।’

कांग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टी विधानको कारण रहेको समेत नेता सिंहले बताए।

काम नगर्नेहरूलाई विधानअनुसारको काम गर्न भन्नु पनि विरोध गर्‍यो भनेर भन्नेहरू कै कारण पार्टी कमजोर बनेको उनले भनाइ थियो। अब राजनीतिक सहमतिभन्दा पनि पार्टी विधान र नियमावलीको परिधिभित्र बसेर गर्नु पर्नेमा मन्त्री सिंहको जोड थियो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]