अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने देउवाको चेतावनी

असार १३, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् ।शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए ।

उनले भने, ‘हामी प्रजातान्त्रिक अधिकारका लागि लडेरै आएका हौं । राणा, पञ्चायत र ज्ञानेन्द्रको शासन ढालेको भन्दै उनले भने, ‘भोलि पर्‍यो भने ओलीको सरकार पनि ढाल्छौं ।’

सरकारले आफ्नो पार्टीप्रति प्रतिवद्ध प्रहरी, कर्मचारी प्रशासन र अदालत बनाउन खोजेको उनको आरोप छ । देउवाले गुठी विधेयक फिर्ता लिएपनि भोलि षड्यन्त्र गरेर ल्याउन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे ।

देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न माग समेत गरेका छन् । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी लगायतका ठूला भ्रष्टाचार काण्डबारे छानविन गर्न माग गरे । उनले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभाव नगर्न सरकारलाई सचेत गराए ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]