मानवअधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै छ – कानुनमन्त्री ढकाल

 असार १३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै ल्याएको दाबी गरेका छन् । संसदको कानून, न्याय तथा मानवअधिकार समितिको कार्यक्रममा मन्त्री ढकालले संविधानको धारा १५८ (२) ले सरकार वादी भएर चल्ने सबै मुद्दाको अधिकार माहान्यायाधिवक्तालाई दिएको बताए ।

उनले भने, ‘अहिले मानवअधिकारको विषय आयो, महान्यायाधिवक्ताले सिफारिस गर्ने, मानवअधिकार आयोगले कार्यान्वयन गर्ने गरौं न भने पनि संविधानले दिँदैन ।’

मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मातर्फ संकेत गर्दै मन्त्री ढकालले ‘संवैधानिक आयोगमा बसेका मुख्य व्यक्तिहरुले अब बन्ने कानून मैले भने अनुरुप भएन भने मान्दिनँ’ भनेको बताए ।

उनले अघि भने, हामी कहाँ यति धेरै मानवअधिकार छ कि संवैधानिक आयोगमा बसेका मुख्य व्यक्तिहरु नै बन्ने कानून नै मैले भने अनुरुप भएन भने मान्दिन भन्नेसम्म अभिव्यक्ति स्वतन्त्रता र अधिकता उपयोगको प्रचलन छ ।’

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]