विश्वकप क्रिकेट – श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

असार १३,एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । म्यान्चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल यात्रालाई जोगाइराख्ने योजनामा हुनेछ । यता दक्षिण अफ्रिका श्रीलंकालाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । ६ खेलमा ६ अंक सहित श्रीलंका तालिकाको सातौं स्थानमा छ ।

श्रीलंकालाई आजको खेलमा जित आवश्यक छ । दक्षिण अफ्रिकासँग पराजित भए श्रीलंका विश्वकपबाट बाहिरिनेछ । यता दक्षिण अफ्रिका भने विश्वकपबाट पहिले नै बाहिरिसकेको थियो । दक्षिण अफ्रिका ७ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा छ ।

दुईबीचको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले पाँचै खेल जितेको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]