वैकल्पिक व्यवस्था नगरी घरटहरा नहटाउन कांग्रेस संसदीय दलको माग

 असार १३, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्ला सियारी गाउँपालिका वडा नं. ७ कनरी भर्थपुरदेखि अमुवा पुलमा सरकारी सार्वजनिक पर्ति जग्गामा घर झुपडी निर्माण गरी परिवारलाई ७ दिनभित्र घर टहरा हटाउन सूचना जारी गरेको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानार्षण भएको जनाएका छन् ।

उनले वक्तव्यमा भनेका छन्, ‘‘वर्षौदेखि वसोवास गर्दै आएका घर परिवारलाई वर्षातको समयमा घरबार विहिन गरी विस्थापित गर्न खोज्नु सामाजिक न्याय र मानवअधिकार विपरित कार्य हो । स्थानीय गाउँपालिकाले सरोकारवालाहरुसँग परामर्श, छलफल र सल्लाह सहमति नगरी एकाएक घरबारविहिन बनाई विस्थापित गर्न खोज्नु गैरजम्मेवार कार्य हो । ’’

तसर्थ सबै घर परिवारहरुका लागि वैकल्पिक बसोवासको व्यवस्था नगरी हटाउने निर्णय तत्काल खारेज गर्न र बैकल्पिक बसोवासको व्यवस्था गरेर मात्र गाउँपालिकालाई  यस सम्बन्धमा अगाडि बढ्न उनले माग गरेका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]