इन्डियन फिल्म एकेडेमी अवार्ड नेपालमा

असार १३, काठमाडौँ । आगामी वर्षको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड यो वर्ष नेपालमा हुने भएको छ। काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो।

असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको हो।

नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको हो।  अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ ।  अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने सरकारको अनुमान छ । बलिउड कलाकार तथा प्राविधिकहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो पैसा लाग्ने छ ।

उनीहरुको आवतजावत, सुरक्षा तथा लजिस्टकका लागि नेपाल सरकारले सहयोग गर्नेछ ।कमिटीले आईफा अवार्डको आयोजना नेपाली सेनाको मूख्यालय अगाडिको फूटबल चौरलाई छनोट गरेको छ ।

केही दिन अगाडि आईफाको एक टोलीले नेपालमा सम्भावित ‘भेन्यू’ हेरेको र त्यसमध्ये सेनाको कम्पाउन्डभित्रको चौरलाई मन पराएको बताइएको छ । बोर्ड अध्यक्ष भट्टराईका अनुसार कार्यक्रम आयोजनाका लागि आईफाले एउटा ‘डोम’ ल्याउनेछ, जसमा करिब पाँच हजार जना अटाउनेछन् ।

सन् २००० बाट सुरु गरिएको यो अवार्ड समारोह पहिलोपटक लन्डनमा आयोजना गरिएको थियो। यो वर्षको कार्यक्रम भने थाइल्यान्डमा भएको थियो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]