युवतीमाथि सिरिन्ज आक्रमण गर्ने ब्यक्ति पक्राउ , रमाइलोको लागि यस्तो गरेको स्वीकार

असार १३, काठमाडौं। युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ ।

। उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो ।

कार्कीले आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो गरेको बताएका छन् । सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवती अहिले पनि अस्पतालमा उपचाररत छन् । पक्राउ परेका उनलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]