फ्राइडे रिलिज – आप्पा र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनमा

 असार १२, काठमाडौं ।  आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अनमोल गुरुङ निर्देशीत सिनेमा ‘आप्पा’ र प्रदीप खड्गी निर्देशीत सिनेमा ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनमा एक हुन् ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको आप्पा सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ । सिनेमा सार्वजनिक ट्रेलर, गीतसंगीतबाट चर्चामा रहेको छ । रिलिजको पूर्वसन्ध्यामा आयोजीत प्रिमियरबाट मिलेको सकारात्मक प्रतिक्रियाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ सिनेमा लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । सिनेमाको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ सिनेमाका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले सिनेमालाई मिलेर छायांकन गरेका हुन् । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको सिनेमालाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउँछन् । सेन्सर बोर्डले सिनेमालाई यूनिभर्सल सर्टि्फिकेट दिएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]