त्रिविको अवरोधपछि कृषि विश्वविद्यालयको भवन निर्माण रोकियो

असार १३, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालयबीच जग्गाको विवाद बढेपछि कृषि विश्वविद्यालयको भवन निर्माण कार्य रोकिएको छ। वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ। यही असार ९ गते कृषि विश्वविद्यालयले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो। भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए।

एएफयूका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको बताए। उनले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयूलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिए।

मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो। रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको थियो। दुई विश्वविद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ।

तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताए।

त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उनले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताए। सो स्थानमा एएफयूले रु.नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो। रासस

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]