चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक

असार १२, काठमाडौं । चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रको ‘आँखाले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । यो चलचित्र भदौको ६ गतेबाट रिलिज हुँदैछ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठ र नायक अनुपविक्रम शाही छन् । चलचित्रको सार्वजनिक गीतमा यी दुइ कलाकारको रोमान्टिक अवतार देखाइएको छ ।

रवि मल्लको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । बाबु श्रेष्ठले चलचित्रलाई छायांकन गरेका हुन् । आशुषोतकै कथा रहेको चलचित्रमा पटकथा आशुतोष र निरोज महर्जनको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रले एक मार्सल आर्ट सिकेकी यूवतीको कथा बन्छ । नायिका नम्रता श्रेष्ठले यो चलचित्रका लागि करिब ८ महिना मार्सल आर्ट सिकेकी थिइन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]