बम भएको आशंकामा एयर इन्डियाको जहाज आकस्मिक अवतरण

असार १२, काठमाडौं । भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको विमान लण्डनको उत्तर पश्चिमी क्षेत्रमा रहेका स्टनस्टेड विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

विमानमा बम राखिएको सूचना आएपछि बिहीबार विहान आकस्मिक अवतरण गरिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको हो ।

विमानस्थलले जारी गरेको सूचना अनुसार शंकास्पद गतिविधि पत्ता लाग्ने वित्तिकै फ्याइट नम्बर एआई१९१ विमानलाई विमानस्थलको सुरक्षित भागमा अवतरण गराइएको थियो । त्यसक्रममा मुख्य टर्मिनल प्रभावित भएन ।

विमानमा कति यात्रु सवार थिए भन्ने सार्वजनिक गरिएको छैन ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]