मुख्यमन्त्री राउतद्वारा जनकपुरमा ११४ बालिकालाई साइकल बितरण

 असार १२, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको हो । विद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रमकाबीच साइकल बितरण गर्दै मुख्यमन्त्री राउतले अब टाढा-टाढाबाट विद्यालय आउने बालिकाहरुलाई सहज हुने बताए ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालय अन्तर्गतको कामलाई अघि बढाइएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्रै नभई सरकारी सेवामा प्रवेश गराउन ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए ।

प्रदेश सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत प्रदेश अन्तर्गतका आठै जिल्लाको कक्षा ८ मा अध्ययनरत १४ हजार बालिकालाई चालु आबमा साइकल बितरण गर्ने लक्ष्य लिएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]